नेपाल उद्योग वाणिज्य महासंघ प्रदेशतर्फ अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा वरिष्ठ उपाध्यक्षका प्रत्यासी हेमराज ढकाल समूहबाट ४ जना प्रदेश अध्यक्षहरु निर्वाचित भएका छन् ।
महासंघ प्रदेशको सम्पन्न भएको ५ वटा अधिवेशनमध्ये उक्त समुहबाट ४ प्रदेश अध्यक्ष चयन भएका हुन् ।
जस अनुरुप गण्डकीमा उक्त समुहका नरेश कँडेल सर्वसम्मतीमा अध्यक्ष भएका हुन् । उक्त प्रदेशको शुक्रबार अधिवेशन सम्पन्न भएको थियो । यसैगरी मधेशबाट बिजय शाह र कर्णालाीबाट धनबहादूर ओली सर्वसम्मतीमा निर्वाचित भएका हुन् ।
यसैगरी आईतबार सम्पन्न कोशी प्रदेशको निर्वाचनमा पनि चन्द्र–हेमराज ढकाल समुहबाट राजेन्द्र बहादूर राउत भारी मतान्तरले विजयी भएका छन् । उनी खसेको कुल मतमध्ये ७० प्रतिशतभन्दा बढी मत ल्याएर बिजयी भएका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा जिल्ला नगरतर्फ प्रदेश अध्यक्षहरुको भुमिका महत्वपूर्ण हुन्छ । हालसम्म ५ वटा प्रदेशको अध्यक्ष चयन भएकोमा ३ प्रदेशको अध्यक्ष चन्द्र–हेमराज समुहबाट हुँदा त्यसले आगामी निर्वाचनमा ठूलो महत्व राख्नेछ ।
प्रकाशित: २३ चैत्र २०८२ १३:२२ सोमबार