अर्थ

सुनको मूल्य घट्यो

स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला २००  रूपैयाँले ओरालो लागेको छ। नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला २०० रूपैयाँ ले घटेर ९१ हजार ३०० रूपैयाँमा कारोवार भएको छ। बिहीबार छापावाला सुन प्रतितोला ९१ हजार ५०० रूपैयाँमा कारोवार भएको थियो।

तेजाबी सुन प्रतितोला ९० हजार ८०० रूपैयाँमा कारोवार भएको छ। बिहीबार प्रतितोला ९१ हजार रूपैयाँमा कारोवार भएको थियो। चाँदी आज प्रतितोला एक हजार १६५ रूपैयाँमा कारोवार भएको छ। बिहीबारका तुलनामा चाँदी प्रतितोला १० रूपैयाँले ओरालो लागेको हो। बिहीबार चाँदी प्रतितोला एक हजार १७५ रूपैयाँमा कारोवार भएको थियो। 

प्रकाशित: १२ मंसिर २०७७ ०७:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App