अर्थ

क्लासिकटेकको इन्ट्रानेट बझाङ, बाजुरादेखि ताप्लेजुङसम्म

इन्टरनेट सेवाप्रदायक क्लासिकटेक प्रालिले पश्चिमको बझाङ, बाजुरादेखि पूर्वमाताप्लेजुङसम्मआफ्नो इन्ट्रानेट सेवाविस्तार गरेर सेवाउपलब्ध गराएको छ।  

कम्पनीले इन्ट्रानेट सेवाविशेषगरी बैंक तथावित्तीय संस्थाको लागिनिरन्तर मागअनुसार जडान गर्दै आएको छ। लकडाउनको समयमापनिनिरन्तर जडान र ग्राहकलाई सेवाप्रदानगर्दै आएको छ।

कोरोना संक्रमणको जोखिमसँगै प्रयोग हुँदै आएको टेली मेडिसिन सेवामापनिकम्पनी यो सेवाउपयोग गर्न सकिन्छ। देशकादुर्गम भेगहरुमा टेलीमेडिसिन सेवाप्रयोग र उपयोग गरेर डाक्टरहरुले बिरामीको उपचार गर्न सकिन्छ। यसको लागि क्लासिकटेकको गुणस्तरीय र भरपर्दो सेवाले टेलीमेडिसिन सेवालाई विश्वसनीयबनाउने जारी विज्ञप्तिमा उल्लेख छ।

क्लासिकटेकले ग्रामीण भेगकाकतिपय स्थानमाविद्युत्को उपलब्धतानभएपनि सो स्थानमा सोलार प्रणालीमार्फत इन्ट्रानेट सेवाउपलब्ध गराएको छ।

प्रकाशित: २३ भाद्र २०७७ ०२:४६ मंगलबार

क्लासिकटेक