अर्थ

चोर बाटोबाट भारत लैजान लागेको छोकडा बरामत

भारत तर्फ अबैध तरिकाले पठाउन लागिएको बारा प्रहरीले बरामत गरेको छोकडा। तस्बिर : नागरिक

बिश्रामपुर गाउँपालिका–४ बलिरामपुरबाट बारा प्रहरीले ३५ क्विन्टल छोकडा बारा प्रहरीले बुधबार बिहान बरामत गरेको छ।

भारत तर्फ अबैत तरिकाले पठाउनको लागि बलिरापुरको दशगजा क्षेत्र नजिकै स्थानीयको घरमा राखिएको छोकडालाई बरामत गरिएको हो । बाराका प्रहरी उपरीक्षक कृष्ण पगेनीले स्थानीय सुरेन्द्र साहको घरमा भारत तर्फ पठाउनको लागि बाहिरबाट ल्याएर राखिएको ३५ क्विन्टल छोकडा नियन्त्रणमा लिएको बताएका छन्।

भारत पठाउनको लागि बाहिरबाट छोकडाहरु ल्याएर साहको घरमा राखिदै गरेको सुचना पाए पछि त्यसको बारेमा बुझन खटाइएको प्रहरी टोलीले बुधबार बिहान ३ बजे तिर छोकडालाई नियन्त्रणमा लिएको उपरीक्षक पगेनीले बताए।

प्रहरीलाई देखेर छोकडालाई तस्करी गरि भारत पुर्याउने तस्कर समुह फरार भएको र उनीहरुको बारेमा बुझन काम भैरहेको उनले बताए। बरामत गरिएको छोकडालाई थप कारवाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा पठाइएको बारा प्रहरीले जनाएको छ।

वीरगन्जका ठुला व्यपारी समुहहरुले तेस्रो मुलुकबाट सुख्खा बन्दरगाहसम्ममा ठुलो परिमाणमा छोकडाहरुलाई आयात गर्ने गरेको र सुख्खा बन्दरगाहमा आयत गरिएको छोकडाहरुलाई अबैध तरिकाले भारतसम्म पठाउने गर्ने गरेका छन्।

प्रकाशित: ३ असार २०७७ १३:३१ बुधबार

छोकडा बरामत