अर्थ

दसैंपछिको सेयर कारोबार, पुरै राताम्मे

काठमाडौं– दसैंको बिदापछि खुलेको सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको पहिलो दिन अर्थात सोमबार १२.०५ अंकले घटेर ११३६.९६ बिन्दूमा झरेको छ। 

नेप्सेका अनुसार कुल १ सय ५४ वटा कम्पनीको ८ लाख ३३ हजार ७ सय ५३ कित्ता सेयर ३ हजार ४ सय ३ पटक खरिदबिक्री बाट २१ करोड ८६ लाख ३५ हजार ६ सय ९१ रुपैयाँ कारोबार भएको छ।

सोमबार कारोबारमा आएका समूहमध्ये सामूहिक लगानी कोष समूहबाहेक सबै समूहमा गिरावट आएको छ भने यस दिन प्रभु बैंकको कारोबार उच्च भएको छ। 

कारोबारमा आएका १२ वटा उपसूचकमा म्युचल फन्ड बाहेक ११ वटै समुहमा गिरावट आएको छ। म्युचल फन्डमा भने ९.४ अंकले सुधार आएकोछ।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्समा पनि गिरावट आएको छ। सेन्सेटिभ इन्डेक्समा सोमबार २.७६ अंकले गिरावट आएको हो।

प्रकाशित: २७ आश्विन २०७६ १०:१३ सोमबार

सेयर_बजार राताम्मे