अर्थ

चार ठाउँमा थपियो नेपाल बंगलादेश बैंक

काठमाडौं – नेपाल बंगलादेश बैंकले रसुवा जिल्लाको टिमुरे, कञ्चनपुर जिल्लाको महेन्द्रनगर, कैलाली जिल्लाको टिकापुर र बाँके जिल्लाको कोहलपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। 

बैंकले ती क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले शाखा सञ्जाल नपुगेका क्षेत्रमा नयाँ शाखा विस्तार गरेको जनाएको छ। यी शाखाबाट सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ सेवा प्राप्त गर्न सक्ने जनाएको छ।  

अब यसको शाखा संख्या ८५ पुगेको छ। यसबाहेक बैंकले सात एक्सटेन्सन काउन्टर, दुई शाखारहित घरदैलो बैंकिङ सेवा तथा ६६ वटा एटिएमबाट सेवा दिइरहेको जारी विज्ञप्तिमा उल्लेख छ। 

 

प्रकाशित: २९ फाल्गुन २०७५ ०३:१० बुधबार

नेपाल_बंगलादेश_बैंक रसुवा शाखा