अर्थ

बबईमा नेपाल इन्भेस्टमेन्ट बैंकको

काठमाडौं – नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले बर्दिया जिल्लाको बासगढी नगरपालिका–१ स्थित बबई चेपाङमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। उक्त काउन्टर बैंकको सुर्खेत शाखा अन्तर्गत रहेको बैंकले जनाएको छ। 

उक्त काउन्टरबाट खातामा रकम जम्मा गर्न र झिक्न मिल्नुका साथै रेमिट्यान्सको सुविधा, मोबाइल बैंकिङ जस्ता कारोबार गर्न सकिने छ। उक्त काउन्टरले सुुर्खेत–कोहलपुर खण्डमा पर्ने व्यापारिक केन्द्रका साथै छिन्चु, बबई लगायतका सर्वसाधारणलाई सहयोग पुग्नेछ।

यो बैंकले ७८ शाखा, आठ एक्सटेन्सन काउन्टर, नौ राजस्व संकलन एक्सटेन्सन काउन्टर र ४९ शाखारहित बैंकिङ एकाइबाट सेवा दिइरहेको जनाएको छ।

 

प्रकाशित: १६ फाल्गुन २०७५ ०४:५३ बिहीबार

बबई नेपाल_इन्भेस्टमेन्ट_बैंक एक्सटेन्सन_काउन्टर