अर्थ

कर्णालीमा झन्डै ५४ प्रतिशत रोपाइँ

कर्णाली प्रदेशमा ५४ प्रतिशत रोपाइँ सकिएको छ । कर्णालीका १० जिल्लाको तथ्यांक हेर्दा ५४ प्रतिशत बढी रोपाइँ भएको कर्णाली प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि विकास निर्देशनालयले जानकारी दिएको छ । प्रदेशका केही जिल्लामा भने रोपाइँ अन्तिम चरणमा पुगेको निर्देशनालयले जनाएको छ ।  

जुम्लामा ९२ प्रतिशत धान रोपाइँ गरिएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख राम अधिकारीले बताए । २ हजार ८ सय ९० क्षेत्रफल हेक्टर खेतियोग्य जमिनमध्ये २ हजार ६ सय ५८‍.८ क्षेत्रफल हेक्टरमा धान रोपिएको उनले बताए । यहाँ स्थानीय जुम्ली मार्सी धान, चन्दननाथ-१ र चन्दननाथ-३ जातका धान रोप्ने गरिन्छ ।  

यस्तै कालिकोटमा ५२ प्रतिशत रोपाइँ गरिएको छ । दुई हजार ४ सय ६२ क्षेत्रफल हेक्टरमध्ये १ हजार २ सय ८०.२५ क्षेत्रफल हेक्टरमा धान रोपाइँ सकिएको निर्देशानलयको तथ्यांक छ ।  

वागवानी विकास अधिकृत तथा सूचना अधिकारी टेक राज रेग्मीका अनुसार मुगुमा ५७ प्रतिशत रोपाइँ सकिएको छ । ५ सय ४४ क्षेत्रफल हेक्टर मध्येको ३ सय १०.०८ क्षेत्रफल हेक्टर रोपाइँ भएको हो ।  

हुम्लाको पाँच सय ८५ क्षेत्रफल हेक्टर खेतीयोग्य जमिनमध्ये ५ सय ३८.२ क्षेत्रफलमा डोल्पाको १९८ क्षेत्रफल हेक्टरमध्ये १८८.१ हेक्टरम, सल्यानको ६ हजार १ सय ३४ क्षेत्रफल हेक्टर खेतीयोग्य जमिनमध्ये ४ हजार ७८४।५२ हेक्टर क्षेत्रफल धान रोपिएको छ ।

दैलेखको ७ हजार ६२० क्षेत्रफल हेक्टर तीन हजार दुई सय दशमलव ४ क्षेत्रफलमा जाजरकोटको २ हजार ६ सय ४५ क्षेत्रफल हेक्टर खेतीयोग्य जमिनमध्ये १ हजार ४ सय १ दशमलव ८५ क्षेत्रफलमा, रुकुमपश्चिमको दुई हजार ८ सय ८५  हेक्टर खेतीयोग्य मध्ये दुई हजार १९ दशमलव ५ क्षेत्रफलमा सुर्खेतको १४ हजार ९ सय २१ क्षेत्रफल हेक्टर खेतीयोग्य जमिनमध्ये ५ हजार ८ सय ८५ क्षेत्रफल हेक्टर रोपाइँ सकिएको हो ।  

कृषि विकास निर्देशनालयका अनुसार, कर्णाली प्रदेशमा कुल ४० हजार ८ सय ८४ क्षेत्रफल हेक्टर खेतीयोग्य जमिनमध्ये २२ हजार २ सय ६७ क्षेत्रफल हेक्टरमा धान खेती गरिँदै आएको छ । यसका आधारमा अहिलेसम्म ५४ प्रतिशत रोपाइँ सकिएको छ।  

कर्णालीमा धेरै जसो भू-भाग आकाशे पानीमा निर्भर छ । हिमाली जिल्लाहरूमा रोपाई छिटो सकिने प्रवृत्ति देखिए पनि पहाडी र उपत्यकाका जिल्लाहरूमा भने प्रगति सुस्त रहेको छ। 

प्रकाशित: १७ असार २०८२ २०:३१ मंगलबार

#DhanRopain #NagarikNews #NepaliNews