डोटीको दिपायल सिलगढी नगरपालिकाले मंगलबार आर्थिक वर्ष २०८२/८३ का लागि ८८ करोड ५९ लाख रूपैयाँको बजेट ल्याएको छ । दिपायल सिलगढी नगरपालिकाको १९ औँ नगर अधिवेशनमा उपप्रमुख कलावती महर साउँदले सो बजेट प्रस्तुत गरेकी हुन् ।
चालूतर्फ ३१ करोड ३२ लाख १६ हजार, पुँजीगत खर्चतर्फ ४७ करोड २६ लाख ८४ हजार, आन्तरिक आय १ करोड ६५ लाख, संघीय सरकारबाट अन्तर सरकार वित्तीय हस्तान्तरण हुने ११ करोड ९४ लाख, प्रदेश सरकारबाट अन्तर सरकार वित्तीय हस्तान्तरण हुने १ करोड १२ लाख, संघीय राजश्व बाँडफाँड १० करोड ४६ लाख ७२ हजार, प्रदेश सवारी साधन कर बाँडफाँडबाट ४१ लाख २२ हजार, संघीय सशर्त अनुदानबाट ५४ करोड ९२ लाख, संघीय समपूरक अनुदान १ करोड ३३ लाख, प्रदेश सशर्त अनुदान ३ करोड ७५ लाख र प्रदेश समपूरक अनुदान ४५ लाखको बजेट विनियोजन गरिएको छ ।
प्रकाशित: १० असार २०८२ १७:१५ मंगलबार