अर्थ

कोशी प्रदेशको बजेट आज सार्वजनिक हुँदै

फाइल।

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट आज (आइतबार) प्रदेशसभामा प्रस्तुत गर्दैछ।

आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा आयव्ययको अनुमान (बजेट) सँगै आर्थिक विधेयक र विनियोजन विधेयक पनि पेस गर्ने कार्यसूची छ।

प्रदेशसभा सचिवालयले सातौं अधिवेशनको १२औं बैठकका लागि दैनिक कार्यसूची सार्वजनिक गर्दै बजेट प्रस्तुतिको कार्यक्रम तय भएको जनाएको छ।

सचिवालयका कार्यवाहक सचिव गौतम राज अमात्यद्वारा जारी सूचनाअनुसार, मन्त्री मगरले कोशी प्रदेश सभा नियमावली, २०७४ को नियम ११४ (१) बमोजिम बजेट प्रस्तुत गर्नेछन्।

नेपालको संविधान र प्रदेश सभा नियमावलीमा भएको व्यवस्थाअनुसार प्रदेश सरकारले हरेक वर्ष असार १ गते आगामी आर्थिक वर्षको बजेट प्रदेशसभामा पेस गर्नुपर्ने बाध्यात्मक व्यवस्था छ । सोही संवैधानिक तथा कानुनी व्यवस्थाअनुरूप आज बजेट प्रस्तुत हुन लागेको हो।

प्रकाशित: १ असार २०८२ ०७:३९ आइतबार

#NagarikNews #PradeshBudget