सरकारले आगामी मङ्सिर १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको उत्पादन, बिक्री र वितरणमा प्रतिबन्ध लगाउने भएको छ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणमार्फत वातावरणीय प्रदूषण न्यूनीकरणका लागि यो व्यवस्था लागू गरिने घोषणा गरेका हुन्।
प्रकाशित: १५ जेष्ठ २०८२ १६:१० बिहीबार