अर्थ

बहुराष्ट्रिय कम्पनीहरूले अपार्टमेन्ट लिजमा लिन पाउने कानूनी व्यवस्था गर्दै सरकार

सरकारले बहुराष्ट्रिय कम्पनीहरूले नेपालमा अपार्टमेन्ट वा भवन लिजमा लिन पाउने कानूनी व्यवस्था गर्ने भएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणमार्फत बिहीबार यो घोषणा गरेका हुन्।

‘नेपालमा लगानी गर्ने विदेशी लगानीकर्ता, बहुराष्ट्रिय कम्पनी, अन्तर्राष्ट्रिय संस्था र तिनका शाखाले कार्यालय वा आवासीय प्रयोजनका लागि भवन वा अपार्टमेन्ट लिजमा लिन पाउने कानूनी व्यवस्था गरिनेछ,’ उनले भने।

प्रकाशित: १५ जेष्ठ २०८२ १५:५४ बिहीबार

#NagarikNews