अर्थ

स्टार्टअप उद्यमीलाई सहुलियत ऋणका लागि ७३ करोड विनियोजन

सरकारले स्टार्टअप उद्यमीलाई सहुलियत ऋण उपलब्ध गराउने भएको छ। त्यसका लागि ७३ करोड विनियोजन गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।

बिहीबार (आज) आव २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले भने, 'स्टार्टअप उद्यमीलाई सीप विकास, व्यवसाय विस्तार, बजारीकरण र मूल्य शृङ्खलामा आबद्ध गर्न सहुलियतपूर्ण कार्यक्रम विस्तार गरेको छु।'

त्यसका लागि तीन प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराइने उनले बताए।

प्रकाशित: १५ जेष्ठ २०८२ १५:४६ बिहीबार

#Budget2082_83