अर्थ

कुमारी बैंकका कर्मचारीलाई सुरक्षा तालिम

काठमाडौं– कुमारी बैंक लिमिटेडले ग्राहकको सम्पत्ति तथा जिउधनको आकस्मिक दुर्घटना जस्तै आगलागीबाट बच्ने तथा सोको न्यूनीकरण गर्ने उपायबारे सम्बन्धित कर्मचारीलाई सैद्धान्तिक तथा व्यवहारिक तालिम दिएको छ।

बैंकको ‘कन्टिजेन्सी म्यानेजमेन्ट फ्रेमवर्क – २०१६ पोलिसी गाइडलाइन’को व्यवस्था बमोजिम उक्त तालिम दिएको बैंकले जनाएको छ । आकस्मिक रुपमा हुने आगलागीले ग्राहक, बैंकको सम्पत्ति र कर्मचारीलाई नोक्सानी पु¥याउने हुँदा त्यस्तो जोखिमबाट बच्न तालिम आयोजना गरिएको बैंकले जानकारी दिएको छ ।

आगलागीबाट बैंकको लकर, स्टोर, रेकर्ड रुम, कम्युटर लगायत चल–अचल सम्पत्ति नोक्सानी हुने भएकाले त्यस्तो जोखिम रोकथाम गर्न तालिम आयोजना गरेको हो ।
सुरक्षा विधि तथा अपनाउनुपर्ने सावधानीबारे प्रशिक्षण दिइएको थियो । कार्यक्रममा बैंकका विभिन्न शाखाका कर्मचारी सहभागी थिए । कुमारीले कर्मचारीको क्षमता बढाउन बेलाबेलामा यस्ता तालिम दिने गरेको जनाएको छ ।

प्रकाशित: २० वैशाख २०७५ ०१:२३ बिहीबार

कुमारी बैंकका कर्मचारीलाई सुरक्षा