अर्थ

सार्वजनिक संस्थानमा ७ खर्ब लगानी, नाफा ११.५ प्रतिशत घट्यो

सरकारले सार्वजनिक संस्थानमा गरेको लगानीले अपेक्षित प्रतिफल नदिएको देखिएको छ। अर्थ मन्त्रालयले बिहीबार सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा’ अनुसार ४३ संस्थानमध्ये २८ नाफामा र १५ घाटामा छन्। नाफामा रहेका संस्थानको प्रतिफल पनि घटेको छ।

संस्थानमा सरकारको लगानी ७ खर्ब ३ अर्ब पुगेको छ। तर, नाफामा रहेका संस्थानको खुद नाफा ४२ अर्ब ६२ करोड रुपैयाँ मात्र छ, जुन गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा ११.५ प्रतिशतले घटेको छ।

यसले सरकारी लगानीको प्रभावकारितामाथि प्रश्न उठाएको छ। घाटामा रहेका १५ संस्थानको घाटा ३ अर्ब ६३ करोड रुपैयाँ छ, जुन अघिल्लो वर्षको तुलनामा ८ प्रतिशतले बढेको छ। सरकारले संस्थानमा ५.८ प्रतिशतले लगानी थपेको छ। सार्वजनिक संस्थानको सम्पत्ति २९ खर्ब १० अर्ब पुगेको छ।

प्रकाशित: १५ जेष्ठ २०८२ १४:३७ बिहीबार

#NagarikNews