अर्थ

नवनियुक्त गभर्नर भन्छन्- पुँजी बजारको मनोबल बढाउने राष्ट्र बैंकको दायित्व हो

नेपाल राष्ट्र बैंकका नवियुक्त गर्भनर प्रा.डा. विश्वनाथ पौडेलले मुलुकलाई ‘ग्रे लिष्ट’बाट हटाउन पहल गर्ने आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन्।

मन्त्रिपरिषद् बैठकले गर्भनर नियुक्त गरेपछि नागरिकसँग संक्षिप्त प्रतिक्रिया दिँदै पौडेलले यस्तो बताएका हुन् ।  

गर्भनर पौडेलले सुपरिवेक्षणलाई प्रभावकारी बनाउने बताएका छन्। बैंक तथा वित्तीय संस्थाहरूको सूक्ष्म अध्ययन गरेर वित्तीय क्षेत्रमा देखिएको समस्या समाधान गर्न पनि पहल गर्ने बताए।

उनले पुँजी बजारको मनोबल बढाउने गरी काम गर्ने बताए। ‘पुँजी बजारको मनोबल बढाउने राष्ट्र बैंकको दायित्व हो,’ उनले भने।

प्रकाशित: ६ जेष्ठ २०८२ १९:२३ मंगलबार

#Nagariknews #Bishwa Paudel #Governor