अर्थ

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

आज सुनको मूल्य स्थिर रहेको छ।

शुक्रबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने बढेको छ। आज पनि हिजो (बिहीबार) झै छापावाल सुन तोलाको एक लाख ८३ हजार ५ सय रुपैयाँमा नै कारोबार भइरहेको छ।

तर, आज चाँदीको मूल्य भने १५ रुपैयाँले वृद्धि भएर तोलाको १ हजार ९ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: १९ वैशाख २०८२ १२:४४ शुक्रबार