अर्थ

गभर्नर सिफारिस समितिबाट पूर्व गभर्नर भट्टराईले दिए राजीनामा

नयाँ गभर्नर छनोट गर्न गठित समितिका सदस्य विजयनाथ भट्टराईले राजीनामा दिएका छन्। 

नयाँ गभर्नर नियुक्ति सिफारिसका लागि सरकारले चैत ११ गते सरकारले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा ३ सदस्यीय सिफारिस समिति बनाएको थियो । सो समितिमा भट्टराई पनि सदस्य थिए। भट्टराई पूर्वगभर्नरसमेत हुन् । उनले समितिबाट राजीनामा दिएका छन् ।

भट्टराईले समितिमा बस्नुको कुनै अर्थ नभएकाले राजीनामा दिएको बताएका छन्। समितिले केही काम नै नगरेपछि किन बस्नु भन्ने लागेर राजीनामा दिएको उनको भनाइ छ। 

प्रकाशित: ९ वैशाख २०८२ १८:१५ मंगलबार