अर्थ

लगातार तेस्रो दिन पनि ओरालो लाग्यो नेप्से

नेप्से परिसूचक मंगलबार ९.९६ अंकले घट्दै २,६८८.३२ विन्दुमा झरेको छ। पछिल्ला दुई कारोबार दिनदेखि घटिरहेको बजारले आज पनि ओरालो यात्रा कायम राखेको हो।

सेन्सेटिभ इन्डेक्स ३.९१ अंकले घट्दा फ्लोट इन्डेक्स ०.८६ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स १.२९ अंकले घटेका छन्। बजार परिसूचकसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ।

सोमबार ८ अर्ब ७७ करोड रुपैयाँबराबरको कारोबार भएकोमा मंगलबार ३१९ स्टकका ७१ हजार ६९४ पटकको कारोबारबाट २ करोड २५ लाख ५५ हजार कित्ता शेयर किनबेच हुँदा जम्मा ८ अर्ब ३२ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार मात्र भएको छ।

यस दिन दुई स्टक- नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले फेरि पनि सकारात्मक सर्किट लेभलमा कारोबार गरे। यी कम्पनीका शयर सूचीकृत भएदेखि नै लगातार सर्किटमा कारोबार भइरहेका छन्।

त्यस्तै, मकर जितुमाया सुरी हाइड्रोपावरको शेयरमूल्य करिब ७.५ प्रतिशतले बढ्दा ग्रीनलाइफ हाइड्रोपावरको शेयर ५.५ प्रतिशतले उकालो लाग्यो। विपरीत, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य १० प्रतिशतले घटेर सबैभन्दा धेरै गिरावट आएको स्टक बन्यो।

कारोबार रकमका आधारमा ङादी ग्रुप पावर ४४ करोड ६० लाख रुपैयाँको कारोबारसहित अग्रस्थानमा रह्यो। त्यसपछि हिमालयन पावर पार्टनरले करिब ४१ करोड र हिमालयन रि इन्स्योरेन्सले ३६ करोड रुपैयाँबराबरको कारोबार गरे।

१३ वटा उपसमूहमध्ये ३ उपसमूहमा मात्र हरियाली देखिएको छ भने १० उपसमूहमा गिरावट आयो। अन्य उपसमूहको परिसूचक २.२१ प्रतिशतले बढ्दै अग्रस्थानमा रहँदा, उत्पादन तथा प्रशोधन उपसमूह पनि १ प्रतिशतभन्दा बढीले उकालो लाग्यो।

लगानी उपसमूह भने १.८७ प्रतिशतले घटेर सबैभन्दा कमजोर प्रदर्शन गरेको समूह बन्यो।

प्रकाशित: ९ वैशाख २०८२ १६:१५ मंगलबार