अर्थ

सुनचाँदीको मूल्य स्थिर

सातको पहिलो दिन आज सुनचाँदीको मूल्यमा कुनै परिवर्तन देखिएको छैन। आज सुन तोलाको एक लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

यस्तै, चाँदी पनि एक हजार नौ सय ६० मा किनबेच भइरहेको महासंघले जानकारी दिएको छ। यसअघि बिहीबार सुन हालसम्मकै उच्च मूल्यमा पुगेर प्रतितोला एक लाख ९० हजार छ सय पुगेको थियो। त्यसपछि शुक्रबार घटेको सुन आइतबार पनि पनि स्थिर रहेको हो। 

प्रकाशित: ७ वैशाख २०८२ ११:२४ आइतबार