अर्थ

नेपाली बजारमा सुनको मूल्यले बनायो अर्को नयाँ 'रेकर्ड'

आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्यले अर्को नयाँ रेकर्ड बनाएको छ। विगत केही देनदेखि निरन्तर नयाँ रेकर्ड बनाउँदै आएको सुनको मूल्य बिहीबार तोलामा १ लाख ९० हजार ६ सय रुपैयाँ पुगेको छ।

आज सुनको मूल्य एकैपटक ३ हजार ६ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ८७ हजार रुपैयाँ रहेको थियो।

यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन १९५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज बढेर तोलामा १९६० रुपैयाँ पुगेको महासंघले जनाएको छ। 

प्रकाशित: ४ वैशाख २०८२ ११:०३ बिहीबार