अर्थ

सुनको मूल्य तोलाको एक लाख ८५ हजार

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला अघिल्लो दिनको तुलनामा रु तीन हजार ९०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु रु एक लाख ८१ हजार १०० मा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक लाख ८५ हजार कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

साथै आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला रु एक हजार ९०० मा कारोबार भएको चाँदी आज रु पाँचले बढेर रु एक हजार ९०५ पुगेको छ । 

प्रकाशित: २९ चैत्र २०८१ १२:५४ शुक्रबार

#gold price in Nepal