अर्थ

सुनचाँदीको मूल्यमा गिरावट

साताको पहिलो दिन आज सुनचाँदीको मूल्य घटेको छ। यसअघि एक लाख ७५ हजार रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ७४ हजार १०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। 

त्यस्तै चाँदी पनि प्रतितोला १९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ। यसअघि चाँदी एक हजार ९९५ रुपैयाँ पुगेको थियो। 

प्रकाशित: १० चैत्र २०८१ ११:१० आइतबार