अर्थ

साताको पहिलो दिन आज सुनको मूल्यमा भारी गिरावट

साताको पहिलो दिन स्थानीय बजारमा सुनको मूल्यमा भारी गिरावट देखिएको छ। आज सुन प्रतितोला एक लाख ६७ हजार पाँच सयमा कारोबार हुँदैछ। 

सोही परिणामको सुन शुक्रबार एक लाख ७० हजार २०० मा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा दुई हजार सात सय रुपैयाँले घटेको हो। 

त्यस्तै चाँदी पनि १५ रुपैयाँ घटेर एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार हुँदैछ। शुक्रबार चाँदी तोलामा एक हजार नौ सय ७० पुगेको थियो। 

प्रकाशित: ४ फाल्गुन २०८१ १०:५७ आइतबार

#Goldprice #NagarikNews