अर्थ

एक लाख ७० हजार नाघ्यो सुनको मूल्य

नेपाली बजारमा आज सुनको मूल्य एक लाख ७० हजार रुपैयाँ भन्दा धेरै पुगेको छ। मंगलबार सुन तोलामा एक लाख ७० हजार २०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। 

सोमबार छापावाला सुन तोलामा एक लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। चाँदी भने केही घटेर एक हजार ९४५ मा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ। सोमबार चाँदी एक हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो। 

प्रकाशित: २९ माघ २०८१ १०:४० मंगलबार