अर्थ

पुँजी बजारबारे जानकार व्यक्तिलाई नेप्सेको प्रमुख कार्यकारी नियुक्ति गर्न माग

नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत पुँजी बजारबारे जानकारी भएका व्यक्तिलाई नियुक्ति गर्न नेप्से कर्मचारी संघले माग गरेको छ।

संघले एक विज्ञप्ति जारी गर्दै नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृतको कार्यकाल सकिनै लागेको र अबको कार्यकारी अधिकृत पुँजी बजारबारे जानकारी भएका व्यक्तिलाई नियुक्त गर्न माग गरेको हो।

अब नियुक्त गरिने नेप्सेका प्रमुख कार्यकारी अधिकृत पुँजी बजारको बारेमा ज्ञान, सिप, व्यवसायीक क्षमता भएको नैतिकवान् साथै पुँजी बजारको विकास, लगानीकर्ताको हित संरक्षणमा प्रतिबद्ध र नेप्सेको पुनर्संरचना कार्य गर्न गराउन सक्ने व्यक्तिलाई छनोट गर्न अर्थ मन्त्रालयसँग संघले माग गरेको छ। 

प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर कार्कीको तीन वर्षे कार्यकाल यहीँ माघ २५ गते सकिँदैछ । तत्कालिन मन्त्री जनार्दन शर्माको कार्यकालमा नियुक्त भएका कार्कीको कार्यकाल अर्थ मन्त्रालयको सँगको सहमतिअनुसार हाजिर भएको तीन वर्षसम्म कायम रहने उल्लेख छ ।    

प्रकाशित: २३ माघ २०८१ १२:४३ बुधबार

#NEPSE CEO