नेपाल विद्युत् प्राधिकरणले आज ललितपुरका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ। प्राधिकरणले एक सूचना प्रकाशित गर्दै यसबारे जाकारी गराएको हो।
प्रकाशित सूचनाअनुसार बिजुलीको खम्बा परिवर्तन गर्ने प्रयोजनका लागि आज बिहान ९:३० देखि ४ बजेसम्म लाइन कटौती हुने भएको हो। बिजुली कटौती हुने क्षेत्रमा पुल्चोक वितरण केन्द्रको पुलचोक फिडरअन्तर्गत पर्ने इटी, महापाल, पाटन दरबार, बङ्गलामुखी, शखमूल, पाटनढोका, मङ्गलबजार, छवाल क्षेत्र रहेका छन्।
क्षेत्रमा बिजुली कटौतीका कारण ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति क्षमायाचना समेत गरेको छ। तोकिएको कार्य समयअगावै सम्पन्न भएको खण्डमा निर्धारित समयसीमाभन्दा पहिल्यै बिजुली आउने समेत सूचनामा उल्लेख छ।
प्रकाशित: ४ माघ २०८१ ०७:२३ शुक्रबार