अर्थ

सुनचाँदीको भाउ:सुन एक सयले बढ्दा चाँदी २० रुपैयाँले उकालो

नेपाली बजारमा आज सुनचाँदीको भाउ बढेको छ।सुनको मूल्य बुधबार आज तोलामा एकसय रुपैयाँले बढेको हो।

छापावाल सुन प्रतितोला एक लाख ५० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार सुन प्रतितोला एक लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।आज चाँदी पनि तोलामा २० रुपैयाँ बढेर कारोबार भएको छ।

चाँदी प्रतितोला एक हजार ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  

प्रकाशित: १९ मंसिर २०८१ ११:४४ बुधबार

#gold and silver