अर्थ

सुनको भाउ घट्यो

साताको पहिलो दिन आइतबार (आज) स्थानीय बजारमा सुन र चाँदीको भाउ घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला चार सय घटेर एक लाख ५० हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ। 

चाँदीको मूल्य पनि पाँच रुपैयाँ घटेर प्रतितोला एक हजार आठ सय ४० रूपैयाँमा कारोबार हुँदैछ।

प्रकाशित: १६ मंसिर २०८१ ११:१४ आइतबार

#gold and silver