अर्थ

नीतिगत व्यवस्थामा कुनै परिवर्तन नगरी मौद्रिक नीतिको त्रैमासिक समीक्षा सार्वजनिक

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१र८२ को लागि जारी गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले नीतिगत व्यवस्थामा कुनै परिवर्तन नगरी मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा सार्वजनिक गरेको हो। 

गत साउनमा सार्वजनिक मौद्रिक नीतिको कार्यदिशालाई नै निरन्तरता दिइएको छ । यसअघि कै नीति बमोजिम  मूल्य स्थिरता तथा बाह्य क्षेत्र स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा थप सहयोग पुग्ने राष्ट्रबैंकको अपेक्षा छ।

मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई ५ प्रतिशत, ब्याजदर करिडोरअन्तर्गतको तल्लो सीमाको रूपमा रहेको निक्षेप संकलन दरलाई ३.०० प्रतिशत र ब्याजदर करिडोरअन्तर्गतको माथिल्लो सीमाको रूपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत राखिएको छ।

कम्तीमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने मौद्रिक नीतिको लक्ष्य रहेकोमा गत असोज मसान्तमा साढे १४ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी विनिमय सञ्चिति रहेको राष्ट्रबैंकले जनाएको छ।

प्रकाशित: १४ मंसिर २०८१ ११:११ शुक्रबार

#monetary policy #Rastra bank