अर्थ

रौतहटमा बाबा बैजुनाथ चिनी मिलले थाल्यो उखु क्रसिङ

रौतहटको कटहरिया–९ डुमरियामा रहेको चिनी मिलले चालु आर्थिक वर्षको उखु क्रसिङ सुरु गरेको छ। चिनी उद्योग बाबा बैजुनाथ सुगर एन्ड केमिकल इन्डस्ट्री प्रालिले क्रसिङ सिजन २०८१/०८२ का लागि उखु क्रसिङ सुरु गरेको हो।

गत वर्ष १२ लाख क्विन्टल उखु क्रसिङ गरेको उद्योगले चालू आवमा २० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेको छ। एक समारोहबिच उद्योगपति बैजु बाबराले विधिवत् पूजा गरी क्रसिङ सुरु गरेका छन्।

जिल्लाको ठुलो चिनी मिलको रूपमा गरुडामा रहेको श्रीराम सुगर मिल्स बन्द भएपछि बाबा बैजुनाथ मात्र रहेको छ। सर्लाही र बारामा रहेका चिनी मिलहरू अझै सञ्चालनमा आउने सुरसार नहुँदा बाबा बैजुनाथले क्रसिङ सुरु गरेपछि किसानहरू हर्षित भएका छन्।

प्रकाशित: १९ कार्तिक २०८१ १९:०४ सोमबार

#Rautahat #Baba Baijunath Sugar and Chemical Industries Pvt. Ltd. #sugar mill