अर्थ

संयोजक अधिकारी बिरामी परेपछि रोकियो धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्ता

धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि शुक्रबार तय गरिएको अन्तर्वार्ता रोकिएको छ।

बोर्डको अध्यक्ष सिफारिस समितिका संयोजक डा.शिवराज अधिकारी बिरामी परेकाले उम्मेदवारको अन्तर्वार्ता स्थगन गरिएको बताइएको छ।

अध्यक्षका तीन उम्मेदवार शुक्रबार अन्तर्वार्ता दिन अर्थ मन्त्रालय पुगेका थिए। तर, उनीहरूले अन्तर्वार्ता दिन पाएनन्।

सर्टलिस्टमा परेर पनि यसअघि यी तीन उम्मेदवार अन्तर्वार्ता तथा कार्य योजना प्रस्तुतीमा सहभागी नभएपछि गठित सिफारिस समितिले नाम सिफारिस गर्न सकेको थिएन।

यी तीन जनालाई सिफासिस समितिले पुनः सूचना निकालेर आज बिहान ८ बजेका निम्ति अन्तर्वार्तामा बोलाएको थियो।

प्रकाशित: १८ आश्विन २०८१ ११:४० शुक्रबार

#Security Board Of Nepal