अर्थ

सहकारी समितिले जेलमा भएका सहकारीका सञ्चालकहरुसंग पनि सोधपुछ गर्ने

फाइल तस्बिर

सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापाले जेलमा भएका सहकारीका सञ्चालकहरुसंग  पनि सोधपुछ गर्ने बताएका छन् ।

बुधबार सहकारी पीडितहरुसंगको छलफलमा बोल्दै सभापति थापाले यस्तो कुरा बताएका हुन । उनले कानुनअनुसार जेलमा भएका सहकारी सञ्चालकहरुलाई पनि सोधपुछ गरी तथ्य प्रमाणहरु खोज्ने बताए । उनले विदेशमा भएका सहकारी ठगहरूलाई नेपालमा ल्याउन प्रधानमन्त्रीसंग माग गर्ने बताए ।उनले सरकारले र संसदले गर्ने काम फरक हुने भन्दै सहकारी पीडितहरूलाई न्याय दिलाउने गरी काम गर्ने बताए ।

सभापति थापाले  समितिले वास्तविकतामा आधारित भएर काम गर्ने बताउनु भयो । उनले सरकारको तर्फबाट भएका लुप होलहरु पनि समितिले खोजिरहेको बताए । उनले सहकारी क्षेत्रमा देखिएको सहकारी समस्या वास्तविक सहकारीको कारणले नभई सहकारीका माध्यमबाट बचतको अपचलन ठगी गर्ने नियतका साथ आएका केही सहकारीका कारणले समस्या आएको बताए । उनले समितिले पनि यही कुरामा बढी केन्द्रित भएर आएका तथ्यहरू जुटाइरहेको धारणा राखे । 

प्रकाशित: २६ असार २०८१ १६:३२ बुधबार

#Cooperative victim #Parliamentary Inquiry Special Committee on Misuse of Savings Funds of Co-operative Societies #Surya Bahadur Thapa Chhetri