अर्थ

‘मिस युनिभर्स नेपाल २०२४’ का लागि आवेदन खुला

सौन्दर्य प्रतियोगिता ‘मिस युनिभर्स नेपाल २०२४’ का लागि आवेदन खुलेको छ। आयोजकले प्रतियोगिताको आवेदन जेठ १ देखि असार १ गतेसम्म खुला रहने जनाएको छ।

पत्रकार सम्मेलनमा बोल्दै मिस युनिभर्स नेपालको नेसनल डिरेक्टर संगीता पुरीले यस वर्ष आयोजकले सबै क्षेत्रका महिलालाई समावेश गर्दै मिस युनिभर्स नेपाललाई थप समावेशी बनाउन प्रतिबद्ध रहेको बताइन्।

आयोजकका अनुसार इच्छुक महिलाले खल्ती एप अथवा मिस युनिभर्सको आधिकारिक सामाजिक सञ्जालमा राखिएको वेबसाइटमार्फत अनलाइन फारम भरेर आवेदन पेस गर्न सक्ने जनाएको छ।

आयोजकका अनुसार उच्च माध्यमिक शिक्षा पूरा गरेका १८ वर्षमाथिका महिलाले प्रतियोगितामा आवेदन दिन पाउनेछन्।

साथै उचाइ, तौल र वैवाहिक स्थिति जस्ता अन्य कुनै कुराको प्रतिबन्ध नभएको मिस युनिभर्समा नेपालीका साथै गैरआवासीय नेपाली महिलाले पनि सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ।

प्रकाशित: ३ जेष्ठ २०८१ ०८:५७ बिहीबार

Beauty Pageant Miss Universe Nepal 2024 Non-Residential Nepalese Female