अर्थ

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरण

महालक्ष्मी विकास बैंकले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकालाई छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग प्रदान गरेको छ।

‘बालबालिकालाई शिक्षित बनाउनुहोस्’ कार्यक्रमअन्तर्गत बैंकले नेपालभर ८० वटा विद्यालय स्थापना गरेर शिक्षा प्रदान गरिरहेको छ।

राउन्ड टेबल नेपालमार्फत करिब एक हजार विद्यार्थीका लागि प्रदान गर्न लागिएको सो छात्रवृत्ति कार्यक्रमसँग सहकार्य गर्दै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले आर्थिक सहयोग गरेको हो।

यसैक्रममा बैंकले काठमाडौं, धनगढी, वीरगन्ज, नेपालगन्ज, नारायणगढ, जनकपुर, बुटवल, भैरहवा गरी आठ स्थानमा शिक्षाको मूलधारमा आउन नसकेका, पिछडिएका तथा विभिन्न कारणले बन्दी जीवन बिताएका अभिभावकका बालबालिकालाई शिक्षाको अवसर प्रदान गर्न समन्वय गर्दै आइरहेको सो संस्थासँग मिलेर विद्यार्थीलाई सहयोग गरेको हो।

प्रकाशित: ३ जेष्ठ २०८१ ०८:२० बिहीबार

Mahalaxmi Development Bank Scholarship Distribution Economic Cooperation Round Table Nepal