अर्थ

टफीको तड्का इम्ली बजारमा

सूर्य नेपाल प्रालिले कन्फेक्सनरी ब्रान्ड टफीको अन्तर्गत नयाँ टफी तड्का इम्ली बजारमा ल्याएको छ। टफीमा कम्पनीले चट्किलो स्वादको चाट मसालाको उत्कृष्ट सम्मिश्रण गरिएको जनाएको छ।

टफीको तड्का इम्लीको बिक्री मूल्य प्रति दुई वटालाई ५ रूपैयाँ कायम गरिएको छ। यसको नौलो स्वादले ग्राहकको मन जित्न सफल हुने विश्वास कम्पनीले लिएको छ। टफीको तड्का आँप र लिचीको स्वादमा उपलब्ध हुँदै आएको छ।

इमलीको नयाँ स्वादले  तड्काको पोर्टफोलियो विस्तारमा साथदिने कम्पनीले जनाएको छ। मिन्ट-ओ फ्रेस तथा टफीकोका विभिन्न उत्पादनहरू तड्का कच्चा म्याङ्गो, तड्का लिची र इक्लियरस आदि यसअघि नै कम्पनीले नेपाली बजारमा ल्याइसकेको छ।

प्रकाशित: २७ वैशाख २०८१ ०८:२४ बिहीबार

Toffee Tadka at Imli Bazaar Surya Nepal Pvt