अर्थ

कोकाकोला युथ डायलग

कोकाकोला युथ डायलगको तेस्रो संस्करणको पहिलो एपिसोडमा १३६ विद्यार्थीहरूले ‘एक्स्प्लोरिङ सोलुन्स फर ए सस्टेनेबल फ्युचर’ अर्थात् ‘दिगो भविष्यका उपायहरू’ बारे छलफल गरेका छन्।

एस इन्स्टिच्युट अफ म्यानेजमेन्टको आयोजनामा भएको कार्यक्रममा सहभागी विद्यार्थीहरूले सो विषयमा छलफल गरेका हुन्।

कार्यक्रमका सहभागीले पृथ्वीको हरियालीको संरक्षणका लागि अपनाउन सकिने नवीन रणनीतिहरूको बारेमा छलफल गरेका थिए। उद्योग विज्ञ इके ह्याङ, मनु कार्की र रुबिना कार्कीको नेतृत्वमा भएको छलफलमा दिगो र उज्जवल भविष्यको लागि युवाहरूको सामूहिक र व्यावहारिक कदमहरू बारे छलफल भएको थियो।

प्रकाशित: २६ वैशाख २०८१ १२:३८ बुधबार

Coca-Cola Youth Dialogue Measures for a sustainable future