अर्थ

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीलाई कपडा वितरण

नेपाल एसबिआई बैंकद्वारा एक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कपडा वितरण गरिएको छ।

बैंकले संखुवासभाको धर्मदेवी नगरपालिकामा रहेका सिंहेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत एल केजीदेखि चार कक्षासम्मका विद्यार्थीलाई १५३ थान ट्रयाक सुट प्रदान गरेको हो। बैंकले शिक्षा क्षेत्रमा यस खालका कार्यक्रम विगतदेखि नै गर्दै आएको जनाएको छ।

सोही कार्यक्रममा बचत, लघु कर्जा, बैंक खातामार्फत विप्रेषण, सहुलियत कर्जा तथा अन्य बैंकिङ सुरक्षा तथा सचेतनासम्बन्धी वित्तीय साक्षरता कार्यक्रम समेत आयोजना गरिएको थियो। कार्यक्रममा बैंकका धर्मदेवी शाखा प्रबन्धक सुशील निरौला, स्कुलका प्रधानाध्यापक श्रीमती देवीमाया अधिकारी तथा बैंकका कर्मचारीहरू, स्कुलका शिक्षक, कर्मचारी र स्थानीय समाजसेवीलगायतको उपस्थिति रहेको थियो।

हाल बैंकले ९७ शाखा, २२ एक्सटेन्सन काउन्टर, सात प्रदेश कार्यालय, १३ शाखारहित बैंकिङ सेवा, १२१ एटिएम र एक कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित: २४ वैशाख २०८१ ०८:२० सोमबार

नेपाल एसबिआई बैंक विद्यार्थीलाई कपडा वितरण