अर्थ

एक हजार एक सयले घट्यो सुनको मूल्य

स्थानीय बजारमा आज सुनको मूल्य तोलामा एक हजार एक सय रुपैंयाँले घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला एक लाख ३६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आज भने एक लाख ३५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, तेजाबी सुन बिहीबार तोलामा एक लाख ३५ हजार आठ सय ५० रूपैयाँमा कारोबार भएकोमा आज भने एक लाख ३४ हजार सात सय ५० रुपैंयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

चाँदीको मूल्यमा भने परिवर्तन भएको छैन। बिहीबार जस्तै आजका लागि भने चाँदीको मूल्य तोलामा एक हजार छ सय ४५ रुपैँयामा कारोबार भइरहेका छ।  

प्रकाशित: २१ वैशाख २०८१ ११:३७ शुक्रबार

नेपाल सुनचाँदी व्यवसायी महासङ्घ