अर्थ

मादी नदीमा धमाधम पुल निर्माण हुँदै

मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा धमाधम पुल निर्माण भइरहेको छ।

सवारी साधन सञ्चालन गर्न मिल्ने तीन सय १५ मिटर लामो पुलको २० प्रतिशत निर्माण पूरा भएको मुग्लिन–पोखरा सडक विस्तार आयोजनाले जनाएको छ। निर्माणाधीन पुलको सात वटा ‘फाउन्डेसन’मध्ये पाँच वटाको काम धमाधम भइरहेको छ। वर्षायाम प्रारम्भ हुनुअघि फाउन्डेसनको सबै काम सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम काम भइरहको आयोजनाका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए।

‘उक्त कार्य सम्पन्नपश्चात् पानीमाथि गरिने ‘सुपर स्टक्चर’बाहेक अन्य फाउन्डेसनका कार्य गर्ने लक्ष्य छ’, उनले भने, ‘अहिले पानीमुनि गरिने पाइलिङ, पाइल क्याप र पिलरको काम भइरहेको छ।’ हालको पुलबाट करिब ५० मिटर पर नयाँ पुल निर्माण भइरहेको छ’, उनले भने, ‘पुल निर्माणका लागि रु एक अर्ब २१ करोडमा ठेक्का सम्झौता छ।’ उक्त राजमार्गमा पूर्वी र पश्चिम गरी दुई खण्डमा सडक विस्तारका जारी छ। रासस

प्रकाशित: २० वैशाख २०८१ १०:०४ बिहीबार

मुग्लिन–पोखरा सडकखण्ड तनहुँको व्यास नगरपालिका व्यास नगरपालिका पुल निर्माण