अर्थ

ग्लोबल आइएमई बैंकलाई एक करोड अमेरिकी डलर लगानी

स्विस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ मार्केटले ग्लोबल आइएमई बैंक लिमिटेडलाई १० मिलियन अमेरिकी डलर लगानी गर्ने भएको छ।

लगानीसम्बन्धी सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ मार्केटका अध्यक्ष जोर्ग फ्रिडेनले हस्ताक्षर गरेका छन्।

लगानीलाई बैंकले कृषि, लघु, साना तथा मझौला व्यवसायमा वित्तीय पहुँच बढाउन परिचालन गर्ने जनाएको छ।

बैंकका अनुसार यस लगानीको उद्देश्य कृषि, लघु, साना तथा मझौला उद्यमलाई वित्तीय पहुँच प्रदान गर्दै बजारमा प्रतिस्पर्धी बनाउन सहयोग गर्ने, वित्तीय समावेशीकरणमा सुधार गर्ने र रोजगारी सिर्जना गर्ने रहेको छ।

स्विस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ मार्केटसँगको यस लगानी सम्झौताबाट नेपालको कृषि, लघु, साना तथा मझौला उद्यमको विकासमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।

प्रकाशित: १९ वैशाख २०८१ १०:५२ बुधबार

ग्लोबल आइएमई बैंक लिमिटेडलाई १० मिलियन अमेरिकी डलर लगानी प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ मार्केट ध्यक्ष जोर्ग फ्रिडेन