अर्थ

सिटिजन्स बैंकद्वारा फातिमा फाउन्डेसनलाई सहयोग

सिटिजन्स बैंकले बाँके जिल्लाको फातिमा फाउन्डेसन नेपाललाई सहयोग गरको छ। बैंकले फातिमा फाउन्डेसनमा आवद्ध विपन्न पृष्ठभूमिका महिलाहरूलाई रोजगार सिजना गर्ने उद्देश्यका साथ २० वटा सिलाइ मेसिन वितरण गरेको छ।

बैंकले यस कार्यबाट विपन्न समुदायका महिलाहरूमा रोजगारीको अवसर सिर्जना हुने, आय आर्जन हुने र उनीहरूको जीवनशैलीको पनि स्तरोन्नति हुने विश्वास लिएको छ।

प्रकाशित: १८ वैशाख २०८१ ०८:२२ मंगलबार

सिटिजन्स बैंक फातिमा फाउन्डेसन नेपाल