अर्थ

सुनको मूल्य एकैदिन प्रतितोला १४ सयले बढ्यो

सुनको मूल्य एकैदिन तोलामा १ हजार ४ सयले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार साताको अन्तिम दिन आज छापावाल सुन प्रतितोला एक लाख ३७ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।

यस्तै तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

बिहीवार प्रतितोला दुई सय रूपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला एक हजार चार सय रूपैयाँले बढेको हो।

बिहीवार छापावाल सुन प्रतितोला एक लाख ३५ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार एक सय ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य २० रुपैयाँले बढेको छ। बिहीवार प्रतितोला १६ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १६ सय ७५ रूपैयाँमा कारोबार भएरहेको छ।

प्रकाशित: १४ वैशाख २०८१ ११:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App