अर्थ

सिटिजन्स बैंकका ग्राहकलाई छुट

सिटिजन्स बैंकले आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा सुविधा दिने क्रममा विभिन्न संघ संस्थासँग समन्वय गरी छुट दिने सम्बन्धमा सम्झौता गरेको छ। सम्झौतापश्चात् सिटिजन्स बैंकका ग्राहकले ती संस्थाका सेवामा विभिन्न किसिमका छुट पाउनेछन्।

यसै क्रममा बैंकका ग्राहकले नयाँ बानेश्वरमा रहेका नवदर्मा स्किन एन्ड लेजर एस्थेटिक र समाज डेन्टल हस्पिटलमा, बौद्धको उत्पला क्याफे र बसुन्धराको चिरायु नेसनल हस्पिटलका सेवाहरूमा १० प्रतिशत देखि २५ प्रतिशतसम्मको छुट पाउनेछन्।

बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न यस सुविधा ल्याएको जनाएको छ।

प्रकाशित: १४ वैशाख २०८१ ०९:२१ शुक्रबार

सिटिजन्स बैंक सिटिजन्स बैंकका ग्राहकले ती संस्थाका सेवामा विभिन्न किसिमका छुट पाउने