अर्थ

सिटिजन्स बैंकमा छुट्टाछुट्टै योजना

सिटिजन्स बैंकले १७औं वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक योजनाहरू सार्वजनिक गरेको छ।

वैशाख७ गतेको वार्षिकोत्सवलाई ध्यानमा राखेर बैंकले यही वैशाख १ गतेदेखि वैशाख ३१ गतेसम्म लागु हुने गरी विभिन्न सेवा सुविधामा भारी छुट र क्यास ब्याक लगायतका योजना सार्वजनिक गरेको हो।

योजना अन्तर्गत डेविट–क्रेडिट कार्ड प्रयोगकर्ताले पिओएस मेसिन र अनलाइन मार्पmत हजार रूपैयाँ वा बढीको कारोबार गर्दा १७ प्रतिशत वा बढीमा १७० रूपैयाँ क्यासब्याक पाउनेछन्।

यसैगरी सिटिजन्स स्मार्टमार्फत क्युआरकोड स्क्यान गरी भुक्तानी गर्ने ग्राहकका लागि पनि पाँच सय रूपैयाँ वा बढीको कारोबार गर्दा १७ प्रतिशत वा बढीमा १७० रूपैयाँ क्यास ब्याक प्रदान गरिने बैंकले जनाएको छ।

प्रकाशित: ५ वैशाख २०८१ ०७:०५ बुधबार

आकर्षक योजना सिटिजन्स बैंक वार्षिकोत्सव