अर्थ

सिआइटी स्मार्ट मोबाइल एप सञ्चालनमा

नागरिक लगानी कोषले ‘सिआइटी स्मार्ट मोबाइल एप’ सञ्चालनमा ल्याएको छ। मोबाइल एप एन्ड्रोइड तथा आइओएस भर्सनमा देख्न सकिन्छ। यसभन्दा अघि एन्ड्रोइडमा मात्रै यो सुविधा रहेको थियो।

कोषले सहभागीहरूको सहजताको लागि नयाँ परिष्कृत मोबाइल एप सञ्चालनमा ल्याएको जनाएको छ। नयाँ मोबाइल एपसँगै पुरानो मोबाइल एपमा दर्ता भएका सहभागीहरूको युजर नेम र पासवर्ड परिवर्तन भएको छ। परिवर्तित युजर नेम र पासवर्ड सबै पुराना एप प्रयोगकर्ताको मोबाइलमा एसएमएसमार्फत जानकारी गराइ सकिएको कोषले जनाएको छ।  

प्रकाशित: २९ चैत्र २०८० ०६:२६ बिहीबार

नागरिक लगानी कोष सिआइटी स्मार्ट मोबाइल एप सञ्चालनमा