अर्थ

सुनको मूल्य प्रतितोला पाँच सयले बढ्यो

फाइल तस्बिर

स्थानीय बजारमा पहेंलो धातुको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको छ।

मङ्गलबार प्रतितोला एक लाख ३६ हजार तीन सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आजका लागि भने एक लाख ३६ हजार आठ सय निर्धारण भएको छ।

त्यस्तै, तेजावी सुन सोमबार प्रतितोला एक लाख ३५ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएकोमा महासङ्घले आजका लागि भने एक लाख ३६ हजार एक सय ५० रुपैयाँ निर्धारण भएको छ।  

यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर एक हजार  सात सय कायम भएको छ।

प्रकाशित: २८ चैत्र २०८० ११:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App