अर्थ

कुमारी बैंकको वित्तीय साक्षरता कार्यक्रम

‘ग्लोबल मनी विक २०२४’ को बाह्रौं संस्करणमा कुमारी बैंकले प्रभावकारी सहभागिता जनाएको छ। बैंकले वित्तीय साक्षरताको अभावमा अनौपचारिक वित्तीय संयन्त्रका विसंगतिको शिकार हुनु पुगेका वा हुन सक्ने सम्पूर्ण समुदायहरूमा वित्तीय ज्ञान प्रवाह गरेको छ।

वित्तीय कलामा सुधार ल्याई अब्बल वित्तीय मनोवृत्ति प्रवद्र्धनमार्फत कुशल वित्तीय व्यवहार विकासलाई जोड दिन बैंकले विभिन्न कार्यक्रम गरेको जनाएको छ। साथै बैंकले देशैभरि वित्तीय साक्षरता प्रवद्र्धन गर्दै भिडियो शृंखला तथा सामाजिक विषयवस्तुलाई झल्काउने प्रसंग समेटिएको पुस्तक पनि सार्वजनिक गरेको जनाएको छ।

प्रकाशित: २० चैत्र २०८० १०:०८ मंगलबार

कुमारी बैंक वित्तीय साक्षरता कार्यक्रम