अर्थ

ज्योति विकास बैंकको वित्तीय साक्षरता

ज्योति विकास बैंकले ग्लोबल मनी विक अभियानअन्तर्गत विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

बैंकले विभिन्न शाखामार्फत देशका विभिन्न ठाउँहरूमा वित्तीय साक्षरता र सचेतना काकार्यक्रम आयोजना गरेको हो।

कार्यक्रमअन्तर्गत बैंकका प्रादेशिक तथा क्लस्टर कार्यालयहरू अन्तर्गत रहेका विभिन्न शाखा कार्यालयमार्फत सोही क्षेत्रका विद्यालय तथा कलेजहरूमा आधुनिक बैंकिङ, बैंक तथा वित्तीय संस्थाका मुख्य कार्यहरू, वित्तीय अनुशासन, आवश्यकता तथा चाहना, वित्तीय लक्ष्य, बचत, लगानी, खर्च, विद्युतीय वित्तीय सेवाहरू, लगायतका विषयलाई समावेश गरी १० वटाभन्दा बढी तालिम तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको जनाएको छ।

प्रकाशित: १३ चैत्र २०८० १०:२५ मंगलबार

ज्योति विकास बैंक वित्तीय साक्षरता कार्यक्रम