अर्थ

किसानले पाए उन्नत मकैको बीउ

चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई उन्नत जातको मकैको बीउ अनुदानमा उपलब्ध गराएको छ। गाउँपालिकाले उन्नत जातको ‘रामपुर कम्पोजिट’ र ‘मनकामना ३’ जातको मकैको बीउ अनुदानमा उपलब्ध गराएको हो।

गाउँपालिका कृषि शाखा प्रमुख आशिष त्रिपाठीका अनुसार ६० प्रतिशत अनुदानमा मकैको बीउ उपलब्ध गराइएको हो। इच्छाकामना गाउँपालिकाका किसान मकै छर्ने तयारीका लागि खेतबारीमा व्यस्त छन्। खनजोत उनीहरूको प्रमुख दिनचर्या बनेको छ।

गाउँपालिकाले हालसम्म ५७ क्विन्टल मकैको बीउ वितरण गरिसकको उनले बताए।  गाउँपालिकाले सातैै वडामा ६० क्विन्टल मकैको बीउ किसानलाई अनुदानमा उपलब्ध गराउने योजना रहेको उनले जानकारी दिए।

इच्छाकामना गाउँपालिकाका किसानहरुको मुख्य खाद्य बाली मकै हो। गाउँपालिका कृषि शाखाका अनुसार इच्छाकामनाका सातवटै वडामा एक हजार पाँच सयभन्दा बढी हेक्टर  क्षेत्रफलमा मकै खेती हुने गरेको छ। –रासस

प्रकाशित: ८ चैत्र २०८० ०९:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App